बागमती गाउँपालिकामा ३० भूमिहीन घरपरिवारलाई पुर्जा वितरण गरिदै
पुष, हेटौडा (बागमती) – पुर्बी मकवानपुरको बागमती गाउँपालिकाले भूमिहीन, सुकुमबासी घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गर्ने भएको छ ।
यहि १७ गते आइतबार पालिकाको कार्यालय झुरझुरेमा भूमिहीन ३० घरमुलीलाई पुर्जा वितरण गरिने भएको हो । गत प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन आचारसहिंताको कारण वितरणमा रोकिएको ३० भूमिहिन दलित, सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न लागिएको बागमती गाउँपालिका अध्यक्ष सर्केस घलानले बताउनु भयो ।
पालिकाको वडा नम्बर ४ का २८ जना र ५ नम्बर वडाका २ जना गरि ३० जना भूमिहीन दलित, सुकुमबासी घरपरिवारलाई पुर्जा वितरण गर्न लागिएको प्रशासकीय प्रमुख झम्कनारायण घलानले बताउनु भयो ।
गत निर्वाचनको आचारसंहिताले रोकिएको कारण भुमिहिनलाई भुमिमालिक बनाउने कार्यको अब निरन्तरता दिदै छौ, अध्यक्ष घलानले भन्नुभयो । बोलेको प्रतिबद्धता पुरा गरेरै छाड्ने पालिका अध्यक्ष घलानले गत २०७८ सालको चैत्रबाट लालपुर्जा बितरण कार्य शुरुवात गर्नु भएको थियो ।






