हरिहरपुरगढीमा १५ शैयाको आधारभूत अस्पताल शिलान्यास

पुस, सिन्धुली (हरिहरपुर गढी) – सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका रतनपुरमा १५ शैयाको आधारभूत अस्पतालको शिल्यान्यास गरिएको छ । सोमबार पालिकाको वडा नम्बर २ स्थित रतनपुरमा प्रतिनिधि सभाका सांसद राजन दाहालले एक कार्यक्रमका बीच १५ शैयाको आधारभूत अस्पताल शिलान्यास गर्नु भएको हो ।
सांसद दाहालले अस्पतालको शिलान्यास गर्दै, अबको दिन देखि यहाँको जनताले स्वास्थ्य उपचारको लागि अन्यत्र धाउनु पर्ने दिन गएको बताउदै निर्माण कार्यमा द्रुत गतिमा अगाडी काम बढाउन समेत आग्रह गर्नु भयो ।
२१ करोड ८१ लाख ९० हजार ९ सय ४४ बजेटमा सिनर्जी राजदेभिभक्त आरपिजेभी रौतहटले ठेक्का पाएको अस्पतालको निर्माण कार्य २०८१ साल असोज महिना सम्ममा सम्पन्न गर्नु पर्ने सम्झौता रहेको छ ।
गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाको सभाध्यक्षतामा भएको कार्यक्रममा भुमि आयोग सिन्धुलीका अध्यक्ष बाबुराम राई, नेकपा माओवादी केन्द्र सिन्धुली जिल्ला समन्वय संयोजक तथा मरिण गाउँपालिकाका निवर्तमान अध्यक्ष पानीराज बम्जन, निवर्तमान गाँउपालिका उपाध्यक्ष अनिता कुमारी राई, लगायत स्थानीय जनप्रतिनिधि, बुद्धिजिबीहरुको उपस्थिती रहेको थियो ।