मकवानपुर जिल्ला सहकारी संघको उन्नाईसौ साधारण सभा सम्पन्न
पुष, हेटौडा – मकवानपुर जिल्ला सहकारी संघ लिमिटेडको उन्नाईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार हेटौडामा भएको संघको साधारण सभामा बागमती प्रदेशको भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव बलराम निरौंलाको प्रमुख आतिथ्यतामा भएको हो ।
साधारण सभामा संघका अध्यक्ष नारायणप्रसाद देबकोटाले प्रस्तुत गर्नुभएको बार्षिक नीति तथा कार्यक्रम सहितको प्रतिवेदनका साथै आर्थिक बर्ष २०७८/०७९ को लेखापरिक्षण प्रतिवेदन सहित कोषाध्यक्ष बिमलकुमार ढकालले प्रस्तुत गर्नुभएको २०७९/०८० को लागि ४ करोड २७ लाख २६ हजार २ सय ५३ रुपैया बराबरको अनुमानित बजेट समेत पारित गरेको छ ।
साधारण सभाको अवसरमा संघको कार्यक्रम संयोजकको रुपमा कार्य सम्पन्न गर्नुभएका शिवहरि दाहाललाई दोसल्ला ओडाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

साधारण सभामा राष्ट्रिय सहकारी महासंघका पुर्वसञ्चालक एवम् संघका निबर्तमान अध्यक्ष बद्रिप्रसाद लम्साल, केन्द्रिय कृषि सहकारी संघका लेखा सुपरिवेक्षण समिति संयोजक एवम् कृषि सहकारी संघ मकवानपुरका अध्यक्ष महेश्वर सुवेदी, प्रदेश सहकारी संघका सञ्चालक मेनुका दहाल, प्रदेश सहकारी संघका सञ्चालक बिमलकुमार ढकाल, प्रदेश कृषि सहकारी संघका सञ्चालक बिमला कार्की, जिल्ला बहुउद्देशीय सहकारी संघ लि मकबानपुर अध्यक्ष रामहरी न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघ लि मकबानपुरका सचिव विरेन्द्र प्रसाद ढुंगाना, राष्ट्रिय सहकारी बैक लि. हेटौडा शाखा प्रमुख रामेश्वर अर्याल लगायतको आतिथ्यता रहेको थियो ।






