जिसस महासंघ बागमती प्रदेश कमिटीको अध्यक्षमा मकवानपुरको जिसस प्रमुख घलान

सचिव र उपसचिबमा मकवानपुर कै लुईटेल र ढुंगाना चयन
तामसालिङ खबर
२४ पुष २०७९, आईतवार ११:३३

पुष, हेटौडा – जिल्ला समन्वय समिति (जिसस) महासंघ बागमती प्रदेश कमिटीको अध्यक्षमा जिसस मकवानपुरका प्रमुख ललितबहादुर घलान चयन हुनुभएको छ ।

यहि पौष २२ र २३ गते पोखरामा सम्पन्न जिल्ला समन्वय समिति महासंघ नेपालको चौथो राष्ट्रिय परिषद्को महाधिवेशनबाट घलानको अध्यक्षतामा १५ सदस्य प्रदेश कमिटी सर्वसम्मत चयन भएको हो।

महासंघको प्रदेश कमिटि उपाध्यक्षमा जिसस भक्तपुरका सानु कार्की, सचिवमा जिसस मकवानपुरका उप-प्रमुख सानुकाजी लुईटेल, उपसचिवमा जिसस मकवानपुरकै सदस्य तारा ढुंगाना सर्वसम्मत चयन हुनु भएको छ ।

यस्तै सदस्यहरुमा अप्सरा ढुंगाना (काभ्रे), शोभा कार्की (ललितपुर), सपना परियार (काठमान्डौं), पुष्पाकुमारी थामी (सिन्धुली), रस्मिता भण्डारी (काभ्रे), सम्झना सेढाई (नुवाकोट), प्रेमबहादुर थापा (रामेछाप), दानबहादुर तामाङ (सिन्धुली), धनमाया विक, (नुवाकोट) सर्वसम्मत चयन हुनु भएको छ । कमिटीमा काेषाध्यक्ष र एकजना सदस्य भने पछि मनोनित गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*