मकवानपुरमा अबैध सञ्चालनमा रहेका १ सय २ वटा क्रसर उद्योग बन्द
पुष, हेटौँडा – जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरकारी मापदण्ड बिपरित सञ्चालनमा रहेका जिल्लाका १ सय २ वटा क्रसर उद्योगलाई बन्द गराएको छ । गृह मन्त्रालयले अबैद्य क्रसरलाई बन्द गर्न निर्देशन दिए लगत्तै जिल्ला प्रशानसले मकवानपुरका १ सय २ वटा क्रसरलाई बनद गराएको हो ।
सरकारले जारी गरेको मापदण्ड नपुगेपछि मकवानपुरका सबै क्रसर उद्योग बन्द गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले बताए ।
गत बुधबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई परिपत्र गर्दै मकवानपुर भित्र सञ्चालनमा रहेका अवैध क्रसर उद्योगलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिए लगत्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको सरोकारवालाको बैठकले सबै क्रसर उद्योग बन्द गर्ने जानकारी दिएको थियो ।






