नेपाल रग्बी संघको अध्यक्षमा देबकोटा निर्वाचित

तामसालिङ खबर
३० पुष २०७९, शनिबार ०७:४१

पुष, काठमाडौ – नेपाल रग्बि संघको अध्यक्षमा दिपक देबकोटा निर्वाचित हुनु भएको छ । शुक्रबार काठमाडौमा भएको संघको दशौँ साधारण सभाले देवकोटाको नेतृत्वमा १२ सदस्य कार्यसमिती सर्बसम्मत चयन हुनु भएको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा चेतराज गिरी, उपाध्यक्षमा विश्वमित्र सन्जेल, महासचिब गोबिन्द घिमिरे, सचिबमा विजय मोक्तान लामा र कोषाध्यक्षमा जेबी दिपक अधिकारी चयन भएको छ ।

त्यस्तै, सदस्यहरुमा कामना गिरी, रमेश प्रसाद भट्टराई, एलिशा थापा, रबिन केसी, हरिशंकर महतो र इन्द्रबहादुर तामाङ चयन भएको छ । संघले साधारण सभाको अवसरमा टेक्निकल टीम, कोच, रेफ्री ,मेडिक, S &C कोच, पुरुष महिला खेलाडी, पत्रकारलाई सम्मान गरिएको थियो।

एसिया रग्बिका कार्यकारी सदस्य एवम् राखेप सदस्य सचिब टंकलाल घिसिङको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा ओलम्पिक कमिटीको महासचिव नीलेन्द्र राज श्रेष्ठ, नेपाल आइटीएफका अध्यक्ष अन्जन धमला, राखेप सदस्य इन्दीरा निरौला, सिमरा उपमहानगरपालिका मेयर राजन पौडेल, कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचीव बिश्वामित्र सन्जेल, खेलकुद पत्रकार मन्चका अध्यक्ष देबेन्द्र सुबेदी, पुर्व अध्यक्ष निराजन राजबंशी लगायतको आतिथ्यता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*