बागमतीको मुख्यमन्त्री जमकट्टेलले माघ ३ गते विश्वासको मत लिने
पुष, हेटौडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले माघ ३ गते विश्वासको मत लिनुहुने भएको छ । प्रदेशमा सहभागी ७ दल मध्ये ५ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका जमकट्टेलले माघ ३ गते विश्वाासको मत लिनु हुने भएको हो ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले गत सोमबार जमकट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।






