स्वदेशमै रहेका नेपालीलाई विदेशमा लगानी गर्न रोक

तामसालिङ खबर
३० पुष २०७९, शनिबार ०९:४२

पुष, काठमाडौं – राष्ट्र बैंकले स्वदेशमै रहेका नेपालीलाई विदेशमा लगानी गर्न रोक लगाएको छ । राष्ट्र बैंक अन्तर्गत विदेशी विनिमय व्यवस्थापन विभागले सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।

विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा १० (क) ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र सोही ऐनको दफा ९ (ग) ले राष्ट्र बैंकले तोकिएको व्यवस्था बमोजिमबाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिने सम्बन्धी कार्य गर्न प्रतिबन्धित गरेको पनि सूचनामा स्मरण गराइएको छ ।

राष्ट्र बैंकको सूचनामा भनिएको छ , ‘नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुने गरी कुनै पनि कार्यहरु जस्तैः विदेशमा घरजग्गा खरिन, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार (सो सम्बन्धी प्रचारप्रसार समेत) र यस बैंकले तोकिएको व्यवस्था बमोजिमबाहेक विदेशमा भुक्तानी हुने सम्बन्धी कार्य नगर्नु/नगराउनु हुन अनुरोध छ ।’

साथै बैंकले त्यस्तो कार्य गर्ने/गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेसमेत चेतावनी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*