बागमती प्रदेशसभाका नवनिर्वाचित सभामुख पाठकको पद तथा गोपनियताको शपथ ग्रहण

तामसालिङ खबर
३० पुष २०७९, शनिबार ०६:५१

पुष, हेटौडा – बागमती प्रदेशसभाका नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार सभामुख पदमा निर्वाचित पाठकलाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका राप्रपा पाठक शुक्रबार बसेको प्रदेशसभाको पहिलो बैठकमा भएको सभामुख पदको निर्वाचनबाट निर्वाचित भएका हुन् ।

सपथ ग्रहण समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, बिना बिभागीय मन्त्री उद्धव थापालगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*