अग्रगती सहकारी अध्यक्षमा विकेशलाल श्रेष्ठ चयन

तामसालिङ खबर
१ माघ २०७९, आईतवार ०८:११

माघ, हेटौडा – अग्रगती बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडाको अध्यक्षमा विकेशलाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । संस्थाको शनिबार भएको दशौं वार्षिक साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।

संस्था उपाध्यक्षमा दीनेश अर्याल, सचिव पवित्रा दहाल, कोषाध्यक्ष प्रल्हाद मिश्र चयन भएका छन् भने सदस्यहरुमा मिनु अग्रवाल, राजाराम कार्की, सुवास विडारी, कमला श्रेष्ठ तथा पुरुषोत्तम पौडेल सर्वसम्मत चयन भएका छन् ।

भेलाले लेखा समिति संयोजकमा दीपक खत्री तथा सदस्यमा सन्तोष देवकोटा र रमा तिवारी चयन भएका छन् । भेलाले निवर्तमान अध्यक्ष निलम वैद्यलाई संरक्षक चयन गरेको छ ।

वैद्यको सभाध्यक्षतामा भएको साधारणसभामा जिल्ला वचत तथा ऋण सहकारी संघ सचिव वीरेन्द्रप्रसाद ढुङ्गाना, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष गणेश लामा तथा हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*