युनियन, प्राईम र गुराँस मिलेर बन्यो, हिमालयन लाईफ इन्स्योरेन्स

तामसालिङ खबर
२ माघ २०७९, सोमबार ०८:३४

माघ, काठमाडौ – गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफले एक आपसमा मर्जर अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । तीन जीवन बीमा कम्पनीले मर्जरमा जान अन्तिम सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न गरेका हुन् । उक्त जीवन बीमा कम्पनीहरू मर्जर पछि हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट सञ्चालन हुनेछ ।

काठमाडौं स्थित होटल अलफ्टमा भएको सम्झौतामा प्राइम लाइफ, गुराँस लाइफ युनियन लाइफका अध्यक्षहरूले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गरिएको २५ बुँदे सम्झौतामा अब हिमालयन लाइफको नामबाट एकीकृत कारबार हुनेछ ।

कम्पनीको केन्द्रीय कार्यालय हालको प्राइम लाइफको केन्द्रीय कार्यालय रहेको स्थानमा रहने छ । त्यस्तै कम्पनीको अध्यक्ष सुलभ अग्रवाल हुनेछ भने सीईओ मनोज कुमार कर्ण हुनेछन् । त्यस्तै गुराँस लाइफका सिईओ र प्राइम लाइफका कामु सिईओ डेपुटी सिईओको रुपमा हुनेछन् ।

कम्पनीले अब छिट्टै एकीकृत कारोबार गर्ने सञ्चालकहरुले बताएका छन् । तीन जीवन बीमा कम्पनीहरूबीच आपसमा गाभ्ने गाभिने ९मर्जर० सम्बन्धमा गत वैशाख २९ गते प्रारम्भिक सम्झौता पत्र ९एमओयू० मा हस्ताक्षर भएको थियो ।

युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफको मर्जर पछि बन्ने हिमालयन लाइफ इन्स्योरेन्सको कुल चुक्ता पुँजी ७ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*