भैसे-भिमफेदी सडक खण्ड बिस्तारको काम छिटो सक्न पहल
माघ, हेटौंडा – हेटौडाबाट भैसे-भिमफेदी सडक खण्ड निर्माणको काम छिटै सक्नेगरी सक्नका लागि पहल भइरहेको छ । भैसे भीमफेदी सडकखण्ड बिस्तारको काम प्रदेश सरकारको लगानीमा भइरहेको छ । यसको काम छिटो सक्नका लागि स्थानीय वासिन्दाहरुले प्रदेश सरकारलाई बारम्बार दवाव समेत दिएका छन् ।
बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भए सँगै मुख्यमन्त्री शालिकराम जम्कटेलले भैसे भिमफेदी सडक खण्ड बिस्तारमा देखिएको समस्या समाधान गर्न आफु तयार रहेको वताउनु भएको छ । यहाँको सडकका समस्या समाधान गर्न प्रदेश सांसद कुमारी मुक्तान, भिमफेदी गाऊँपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष संजीब श्रेष्ठ र वडा नम्बर–४ का अध्यक्ष सागर पाण्डे संग बिस्तृत छलफल गर्नुभएको हो ।
मुख्यमन्त्री निवास हेटौंडामा भएको छलफलले छिट्टै यात्रुहरु भोग्नु परेको समस्या बाटो विस्तारमा देखिएको समस्या हल गर्ने योजना तयार गरेको छ । केही समयलाई सवारी आवागमन रोकी सडक विस्तार गरिने मुख्यमन्त्री जम्कटेलले बताउनु भयो । काठमाडौं बाट बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने भैंसे भिमफेदी सडक खण्ड विस्तारको काम अलपत्र पर्दा यात्रुहरु समस्यामा परेको गुनासो आए पछि मुख्यमन्त्रीको ध्यानाकर्षण भएको हो ।






