विमान दुर्घटनामा ज्यान गुमाएका २५ जनाको शव काठमाडौँ ल्याइयो
माघ, काठमाडौँ – पोखरा विमान दुर्घटनामा ज्यान गुमाएका २५ जनाको शव काठमाडौँ ल्याइएको छ । पोखराबाट सेनाको एमआई-१७ हेलिकप्टरले शवहरु काठमाडौँ लिएर आएको थियो ।
यसअघि महाराजगञ्ज स्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अवतरण हुन नसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्केिएको थियो ।
विमानस्थलबाट शव त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । पहिचान हुन नसकेका थप २३ शव स्काई ट्रकमा काठमाडौं पठाउन लागिएको कास्कीका एसपी अजय केसीले बताए ।






