बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए, बिश्वासको मत
माघ, हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त गर्नु भएको छ । उहाँलाई १ सय १० जना सांसद मध्ये १ सय ५ जना सांसदले विश्वास मत दिएका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १२, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद गरि १०५ सांसदको मत पाएका छन् ।
जम्कट्टेललाई १०५ सांसदले मत दिँदा विपक्षमा ३ जना सांसदले मत दिए भने १ सांसद अनुपस्थित थिए । नेकपा एमाले, नेकपा माओवादी, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेललाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको हो ।






