मकवानपुर स्नुकर च्याम्पियनसीपको आज फाइनल खेल हुँदै

तामसालिङ खबर
१० माघ २०७९, मंगलवार १०:२९

माघ, हेटौडा – लियम स्नुकर हाउसको आयोजनामा पहिलो मकवानपुर स्नुकर च्याम्पियनसीपमा चार खेलाडी आफ्नो दमदार खेल प्रदर्शन गर्दै सेमि फाइनलमा पुग्न सफल भएको छ । सेमिफाइनलमा पुग्नेहरुमा सोम लामा, अमर लामा, नितेस खन्डेल्वाल, सुनिल लामा रहेका छन।

आज दिउसो १२ बजेबाट सेमी फाइनल र फाइनल खेल सम्पन्न हुने प्रतियोगिताको संयोजक संग्राम बल लामाले बताउनुभयो । गत शनिबार देखि सुरु भएको प्रतियोगिता ५० जना प्रतिस्पर्धीहरु सहभागी भएको थियो ।

यस्ता अन्तराष्ट्रिय जगतमा ख्याती प्राप्त खेल स्नुकरको राम्रा खेलाडीहरु नेपालमा रहेको तर स्थानिय तह, प्रदेश र केन्द्र सरकारले कुनै पनि किसिमको ध्यान नदिएको कारण खेल र खेलाडीहरुले प्रदर्शन सकेको छैन । संयोजक लामाले बताउनु भयो । यस्ता खेल र खेलाडीको प्रोत्साहनको लागि नीति निर्माण गर्न सरकार संग आह्वान समेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*