ल्होछार सांस्कृतिक महोत्सवको भाग्यशाली उपहारका बिजेताहरुलाई अर्धकट्टी सहित सम्पर्कमा आउन अनुरोध

तामसालिङ खबर
१० माघ २०७९, मंगलवार ०८:३६

माघ, हेटौडा –  हेटौडामा सम्पन्न ल्होछार सांस्कृतिक महोत्सवको अवसरमा आयोजित भाग्यशाली उपहार कर्यक्रममा बिजेता भएकाहरुलाई अर्धकट्टी सहित उपहार खोलिएको मितिले १० दिन भित्र सम्पर्कमा आउन अनुरोध गरिएको छ ।

मकवानपुर तामाङ कलाकार संघको भवन निर्माण सहयोगार्थ आयोजित भाग्यशाली उपहार कार्यक्रममा अर्धकट्टी नम्बर ०१२९३ लाई प्रथम, ०२०६१ लाई दोश्रो, ०१३६५ लाई तेश्रो र क्रमश ००९०४, ००९१४, ०१९१२, ००७७४, ००५१३ लाई सान्त्वना उपहार परेको मकवानपुर तामाङ कलाकार संघका महासचिव रबिन्द्र थिङले बताउनुभयो । भाग्यशाली उपहारमा प्रथमलाई ४३’ इन्चको टिभि, दित्तीयलाई फ्रिज, तृतीयलाई २५ लिटरको गिजर र सान्त्वना ५ जनालाई हिटर जग रहेको छ ।

तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व २८५९ ह्योई/तावर ल्हो (बिरालो बर्ग) सोनाम ल्होछारको अवसरमा यहि माघ ७ र ८ गते सम्पन्न भएको ल्होछार सास्कृतिक महोत्सब नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुर र मकवानपुर तामाङ कलाकारको संयुक्त आयोजनामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*