हेटौडामा हुने राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी पूरा, उद्घाटन मुख्यमन्त्री शालिकराम जमकट्टेलले गरिने

तामसालिङ खबर
१० माघ २०७९, मंगलवार १९:४०

माघ, हेटौंडा – मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा भोलिबाट शुरु हुने १० औँ राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’को तयारी पूरा भएको छ ।

संघले मंगलबार महोत्सब स्थल हेटौंडा १० स्थित टिसिएन चौरमा पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जानकारी दिएको छ। भोलि बुधबार दिउँसो १ बजे बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । १३ दिनमा २ लाख जनाले अवलोकन गर्ने र २० देखि २५ करोड कारोबार हुने महोत्सवमा स्थनाीय तथा राष्ट्रिय कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु रहने आयोजकले जानकारी दिइएको छ ।

मेलामा कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल लगायत विभिन्न ३ सय ३७ वटा स्टलहरु रहेको अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले बताउनु भयो । स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको उहाले बताउनु भयो ।

महोत्सवमा गायन तथा नृत्य प्रतिभा प्रोत्साहन तथा प्रबर्द्धनका लागि हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार र दुलही श्रृंगार प्रतियोगिता समेत रहेको छ । तीनै वटा प्रतियोगितामा प्रथम हुने ३०/३० हजार, द्धित्तीयले २०/२० हजार र तृतियले १०/१० हजार र सान्त्वना हुनेले ५/५ हजार प्राप्त गर्ने आयोजकले बताइएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघले पहिलो पटक २०४२ सालमा औद्योगिक व्यापार मेला गरेको थियो । त्यसै गरि २०४३, ०५३, ०५५, ०५६ सालमा मेला गरेको थियो भने २०६६ सालमा मध्यमाञ्चल औद्योगिक व्यापार मेला तथा ०६८, ०७०, ०७२ र ०७५ मा राष्ट्रिय औद्योगिक व्यापार मेला गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*