हेटौडामा आजबाट १० औँ राष्ट्रिय औद्योगिक व्यापार महोत्सव

तामसालिङ खबर
११ माघ २०७९, बुधबार ०८:२६

माघ, हेटौडा – हेटौडामा आजबाट १० औँ राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुँदै छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा १० स्थित टिसिएन चौरमा हुने भएको छ । आज दिउँसो १ बजे बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको मेलामा कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल लगायत विभिन्न ३ सय ३७ वटा स्टलहरु रहेको संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले बताउनुभयो ।

१३ दिनमा २ लाख जनाले अवलोकन गर्ने र २० देखि २५ करोड कारोबार हुने महोत्सवमा स्थनाीय तथा राष्ट्रिय कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु रहने आयोजकले जानकारी दिइएको छ ।

महोत्सवमा गायन तथा नृत्य प्रतिभा प्रोत्साहन तथा प्रबर्द्धनका लागि हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार र दुलही श्रृंगार प्रतियोगिता समेत रहेको छ । तीनै वटा प्रतियोगितामा प्रथम हुने ३०/३० हजार, द्धित्तीयले २०/२० हजार र तृतियले १०/१० हजार र सान्त्वना हुनेले ५/५ हजार प्राप्त गर्ने आयोजकले बताइएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघले पहिलो पटक २०४२ सालमा औद्योगिक व्यापार मेला गरेको थियो । त्यसै गरि २०४३, ०५३, ०५५, ०५६ सालमा मेला गरेको थियो भने २०६६ सालमा मध्यमाञ्चल औद्योगिक व्यापार मेला तथा ०६८, ०७०, ०७२ र ०७५ मा राष्ट्रिय औद्योगिक व्यापार मेला गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*