विकास निर्माणमा परेको असर र जिससको भूमिका प्रभाकारी बनाउन सामान्य प्रशासन मन्त्रीलाई ध्यानाकर्षण

तामसालिङ खबर
११ माघ २०७९, बुधबार ०७:०१

माघ, हेटौडा – जिल्ला समन्वय समिति मकवानपुरले मंगलबार समसामयिक बिषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको नेतृत्वमा गएको टोलिले संघीय मामिला तथा समान्य प्रशासन मन्त्री अमनलाल मोदिलाइ भेटेर स्थानीय तहको बिकास निर्माणमा परेको समस्या र जिल्ला समन्वय समितिको प्रभावकारी भुमिकाबारे ध्यानाकर्षण गराएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मोदीसंग भेटमा गृहमन्त्रालयले देशभरका अबैध क्रसरहरु बन्द गराउदा स्थानीय तहमा बिकास निर्माणमा असर परेको अबस्थामा जिल्ला समन्वय समितिको भुमिका थप प्रभावकारी बनाउनु पर्ने लगायत बिषयमा ध्यानाकर्षण गराइएको प्रमुख घलानले बताउनुभयो ।

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री मोदिले क्रसरको बिषय चाडैं नै समाधान हुने साथै जिल्ला समन्वयलाई प्रभावकारी बनाउनेमा आफू सकारात्मक रहेको बताउनुभयो । टोलिमा जिसस प्रमुख घलान संगै उपप्रमुख सानुकाजी लुइँटेल, सदस्य तारा ढुंगाना लगायतको सहभागी रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*