मकवानपुर स्नुकर च्याम्पियनसीपमा सोम लामा प्रथम
माघ, हेटौडा – मकवानपुरमै पहिलोपटक आयोजना गरिएको खुला मकवानपुर च्याम्पियनसीप प्रतियोगितामा सोम लामा प्रथम भएका छन । लियम स्नुकर हाउसको आयोजनामा हेटौंडा ४ मा शनिबारबाट सुरु भएको खेलमा ५० हजार नगद रुपैयाँ सहित सोम लामा प्रथम भएका हुन।
लियम स्नुकर प्रतियोगिताको द्धितीय नितेस खण्डेलवाल र तृतीय अमर लामा भएका छन । प्रतियोगितामा द्धितीयलाई नगद २० र तृतीयलाई नगद १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको प्रतियोगिताको संयोजक संग्राम बलले बताए । खेलमा ५० जना खेलाडीले सहभागिता जनाएका थिए ।
कार्यक्रममा हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देल ,हेटौंडा २ का वडा सदस्य सुरज बर्तौला, साकुरा स्नोकर हाउस कमानेका संचालक सुवास गुरुङ, बारा जिल्ला युवा व्यवसायी सुख सागर लामा, युवा व्यवसायी कृष्ण अर्याल र अमलेखगञ्ज बाराका युवा व्यवसायी सुनिल लामा लगायतको उपस्थिति रहेको थियो ।






