हेटौंडामा शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम
माघ, हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ कार्यालयको आयोजनामा हेटौंडाको रोयल पार्टी प्यालेसमा बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम भएको छ । शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा ४ को आयोजनामा शुक्रबार कार्यक्रम भएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ भरीका निजी तथा सरकारी बिद्यालय र क्याम्पसका बिद्यार्थी, शिक्षक, अभिभावक सहितको सहभागितामा कार्यक्रम सुरु गरिएको छ । यो कार्यक्रमको १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले यस्ता प्रदर्शनीले शिक्षाको गुणस्तर सुधार गर्नमा सहयोग पुग्ने वताउनुभयो । बिद्यार्थीको क्षमता बृद्धी बिद्यालयका ठुला भवनले मात्र नहुने र यस्ता कार्यक्रमले हुने वताउनुभयो ।
प्रदर्शनीमा बिद्यार्थी आफैले निर्माण गरेका सामाग्री राखिदा बिद्यार्थीमा एक अर्कामा प्रतिस्पर्धाको भावना सृजना हुने वताउनुभयो । कार्यक्रममा प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिब रामशरण सापकोटाले शिक्षण सिकाइमा राम्रो गर्नका लागि यस कार्यक्रमले सहयोग पुग्ने वताउनुभयो ।
रोयल पार्टी प्यालेसको हल भित्र सांस्कृतिक कार्याक्रम र बाहिर २६ वटा स्टल राखेर प्रदर्शनी कार्यक्रम गरिएको छ । वडा नम्बर–४ का निजी तथा सरकारी बिद्यालय तथा क्याम्पसको सहभागितामा कार्यक्रम गर्न लागिएको कार्यक्रमका संयोजक श्रीराम दाहालले वताउनुभयो ।






