बुद्ध माबिको अभिभावक भेला सम्पन्न, अध्यक्षमा चन्द्र घलान चयन

तामसालिङ खबर
२१ माघ २०७९, शनिबार ०९:२९

माघ, हेटौडा – पदमपोखरीको बुद्ध माध्यमिक बिद्यालयको अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ स्थित पदमपोखरी पान्तलेमा रहेको बुद्ध माध्यमिक बिद्यालयमा ५८ औ अभिभावक भेला तथा २० औ अधिबेशन जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

भेलाले चन्द्रबहादुर घलानको अध्यक्षतामा ९ सदस्यीय बिद्यालय ब्यवस्थापन समितिको चयन गरेको छ । सदस्यहरुमा वडा जनप्रतिनिधि तर्फबाट कावा वडा अध्यक्ष ज्ञानबहादुर श्रेष्ठ, भक्तलाल घलान, शिद्ध उप्रेती, प्रमिला थापा, मिथुन तितुङ्ग, कृष्णमाया लामा र शिक्षकबाट गोदेस्वारी थापा, किसन थापा लगायत रहेको छ ।

त्यस्तै, सोहि भेला मार्फत बिद्यालयको बार्षिक परीक्षामा प्रथम, दित्तीय, तृतीय र अनुशाशित विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो । २०७८ सालको एसईई परिक्षामा उत्कृष्ट हुने बिद्यार्थी सलिना घलानलाई हरिलाल स्मृति प्रतिष्ठानबाट नगद सहित सम्मान पत्रबाट गरिएको थियो।

बिद्यालयका व्यबस्थापन समितिको अध्यक्ष पुण्यसिद्धि लामाको अध्यक्षतामा भएको भेलामा १२ नम्बर वडाका कावा वडा अध्यक्ष ज्ञानबहादुर श्रेष्ठ, शिक्षा अधिकृत रामचन्द्र खडका, प्राबिधिक सहायक राजमणि शर्मा, निबर्तमान वडा सदस्य भुवन खनाल, महेन्द्र माबिका प्रधानध्यापक बिष्णु श्रेष्ठ लगायत विभिन्न संघसस्थाका प्रतिनिधिहरु र राजनीतिक दलका प्रतिनिधिको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*