स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकपको तयारी पुरा
माघ, हेटौडा – पाँचौ संस्करणको स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ।
मकवानपुर जिल्ला फुटबल संघले विहीबार पिप्ले–क्याम्पा रंगशालामा पत्रकार सम्मेलन गर्दै यही माघ २८ गतेबाट फागुन १० गतेसम्म सञ्चालन हुने स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराईएको हो।
१२ वटा टिम सहभागी प्रतियोगिताको उद्घाटन खेलमा रिगल रिसोर्ट हेटौंडा मकवानपुर ११ र नव जनजागृति युवा क्लब सिमरा बीच खेल हुने भएको छ ।
प्रतियोगिताको समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, हिमालयन शेर्पा क्लब, वीरगञ्ज युनाईटेड, एनआरटी फुटबल क्लब, बागमती युवा क्लब सर्लाही र एमिनिर एफसी क्यामरुन रहेको छ । त्यसैगरी समूह ‘बी’ मा फ्रेण्डस क्लब ललितपुर, नव जनजागृति युवा क्लब सिमरा, रिगल रिसोर्ट हेटौंडा मकवानपुर ११, सातदोबाटो क्लब ललितपुर, मना· मस्र्याङदी क्लब र त्रिभुजन आर्मी फुटबल क्लब रहेका छन् ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल प्रदान गरिनेछ ।
आयोजक संघका अध्यक्ष टीकाराम लामाका अनुसार विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछन् ।






