राससले मनायो ६२ औं वार्षिकोत्सव

तामसालिङ खबर
८ फाल्गुन २०७९, सोमबार ०६:५९

फाल्गुन, हेटौंडा – राष्ट्रिय समाचार समिति (रासस) ले आइतबार हेटौंडामा ६२ औं वार्षिकोत्सव मनाएको छ । रासस बागमती प्रदेश कार्यालय हेटौंडाको आयोजनामा जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठको प्रमुख आतिथ्य तथा रासस बागमती प्रदेश कार्यालयका प्रमुख सुरेश झाको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्यद्वय प्रेम बहादुर पुलामी छिन्तु, भारती पाठक, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित कुमार घलान, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यवाहक अध्यक्ष ध्रुब अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*