त्रिभुवन राजपथलाई प्रदेश सरकारले पर्यटन मार्गको रुपमा घोषणा गर्ने
फाल्गुन, हेटौडा (थाहा नगर) – संघीय राजधानी काठमाडौ जोड्ने नेपालको जेठो मार्ग त्रिभुवन राजमार्गलाई बागमती प्रदेश सरकारले पर्यटन मार्ग घोषणा गर्ने भएको छ ।
बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले रायका लागि सार्वजनिक गरेको प्रदेश पर्यटन नीति २०७९ को मस्यौदा सार्वजनिक गर्दै यस्तो नीति ल्याउन लागेको हो ।
प्रदेश सरकारले नै सडकको मर्मत सम्भार गर्ने होटल तथा पर्यटकिय क्षेत्रको सुबिधा र बिस्तारको लागि निजि क्षेत्र संगको सहकार्य र लगानीलाई प्रोत्साहन गर्ने नीति प्रदेश सरकारले लिने भएको छ।
समग्र पर्यटन पुर्वाधारको निर्माणकार्य गर्न निजि क्षेत्र संग सहकार्य गरि निजी क्षेत्रको लगानी बढाउने नीति प्रदेश सरकारको रहेको छ। प्रमुख पर्यटकीय क्षेत्रमा स्तरीय होटलहरुको निर्माण गर्न समेत निजिक्षेत्र लाई प्रोत्साहन गरिने तथा प्रदेशमा पर्ने राष्ट्रिय लोकमार्ग तथा प्रादेशिक र स्थानीय प्रमुख मार्गहरुलाई सम्भाव्यताको आधारमा पर्यटकिय करीडोरको रुपमा विकास गरिने समेत मस्यौदामा उल्लेख छ।
संघीय सरकारको सहयोगमा भारतका प्रमुख शहरबाट हवाई तथा बस सेवा संचालन गर्ने तथा काठमाडौ आसपासका पर्यटन गन्तव्यको विकास गरि सहज पहुँच मार्गको विकास गर्ने नितिमा उल्लेख छ।
स्थानीय तहसंगको सहकार्यमा प्रदेशभित्रका स्थानिय पर्यटकीय गन्तव्यमा खानेपानी ,शौचालय ,ढल,सरसफाइ ,साइकल लेन र निशुल्क ईन्टरनेट सेवा उपलब्ध गराउने समेत पर्यटन नितिमा उल्लेख छ ।






