लघुवित्त बित्तिय संस्था बिरुद्ध थाहा नगरमा बिरोध प्रदर्शन
फाल्गुन, हेटौडा (थाहा नगर) – थाहा नगरमा लघुवित्त बित्तिय संस्था बिरुद्ध पिडितहरूले बिरोध प्रदर्शन गरेका छन् ।
थाहा नगरपालिका र छिमेकी धादिङको थाक्रे गाउँपालिकाको विभिन्न ठाउँबाट उपस्थित भएका पिडितहरुले संघर्ष समिती नै बनाएर सोमबार प्रर्दशन गरेका हुन । थाहा नगरपालिकाको १२ न वडा बाट शुरु भएको र्याली, नगरको थानाबजार स्थित बुद्ध चोक इलाका प्रहरी कार्यालय पालुङ अगाडि पुगेर कोण सभामा परिणत भएको थियो।
आर्थिक क्षेत्रमा पिछडीएका महिलाहरुको समुह बनाएर लगानी गर्दै आएका लघुवित्त वीत्तीय संस्थाहरूले महिलाहरुलाई पिडित बनाएको उनिहरुको दाबी छ । दुर्गम क्षेत्रका महिलाहरुलाई ऋणको भारी थोपारेर लघुवित्त वीत्तीय संस्थाहरूले मिटर ब्याजी रूपमा रकम अशुल गरेर घरबार विहिन बनाएको उनिहरुले आरोप लगाएका छन ।
लघुवित्त वीत्तीय संस्थाहरुले ऋण दिएर गरिब विपन्न वर्गलाई ऋण दिएर झन गरिबी बनाउने गरेको कोणसभामा बोल्ने बक्ताहरुले बताए । मासिक किस्ता असुली गर्दा सामजिक बदनाम गर्ने,आत्महत्या गर्न प्रेरित गर्नु, गाली बेईज्जत गर्दै लघुवित्तका कर्मचारीहरुले विभिन्न नाउममा धम्काउन गरेको उनिहरुले गुनासो गरे ।
थाहा नगरपालिकाको विभिन्न वडाबाट आएका पिडितहरुको उपस्थिति रहेको कार्यक्रममा लघुवित्त वीत्तिय संस्था बिरूद्वको संघर्ष समिति बागमती प्रदेश संयोजक क्षेत्र बहादुर मोक्तानको प्रमुख आतिथ्यता तथा संघर्ष समिती थाहा १२ का संयोजक सानुमाया थोकरको अध्यक्षतामा सम्पन्न कोणसभामा संघर्ष समितिका जिल्ला संयोजक बिष्णुमाया बुढाथोकी लगायतले लघुवित्त वीत्तीय संस्थाहरूले दुर्गम तथा पिछडिएका समुदायका महिलाहरूलाई विभिन्न प्रलोभन देखाएर ऋण लगानी गर्ने र चक्रवर्ती ब्याज सहित अशुल गरेर पिडित बनाएको भन्दै लघुवित्त वीत्तीय संस्था खारेजीको माग गरेका थिए ।






