मकवानपुर गोल्डकप: आज मनाङ मर्स्याङ्गदी र हिमालयन शेर्पा भिड्ने

तामसालिङ खबर
१० फाल्गुन २०७९, बुधबार ०७:१०

फाल्गुन, हेटौँडा – मकवानपुरको हेटौँडामा जारी स्थानीय तह सहित स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको आज हुने फाईनल खेलमा मनाङ मस्याङ्दी र हिमालयन शेर्पा क्बलबीच प्रतिस्पर्धा हुँदैछ ।

हेटौंडा उपमहानगरपालिका–५ स्थित पिप्ले क्याम्पा रंगशालामा मनाङ र शेर्पाले उपाधिका लागि भिड्ने छन् । खेल आज दिउँसो २ बजे सुरु हुनेछ ।

मकवानपुर गोल्डकपको चार वटा संस्करण सकिदा पहिलो पटक मनाङ र शेर्पा फाइनलमा पुगेको हो । यी दुई टोलीको उपाधि भिड्न्त निकै रोमाञ्चक हुने अनुमान छ । मनाङले सशस्त्र प्रहरीको एपिएफ र शेर्पाले क्यामरुनको एभिनियर एफसीलाई हराउँदै फाइनल यात्रा तय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*