हिमालयन शेर्पालाई हराउदै मनाङ मर्स्याङ्गदीले जित्यो, मकवानपुर गोल्डकपको उपाधि
फाल्गुन, हेटौंडा – पाँचौ संस्करणको ‘सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ मकवानपुर गोल्डकपको उपाधि मनाङ मर्स्याङ्गदी क्लबले जितेको छ ।
हेटौंडामा बुधबार सम्पन्न पाँचौ संस्करणको मकवानपुर गोल्डकपको फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्गदीले उपाधि हात पारेको हो ।
प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफको ७७ औं मिनेटमा मनाङका रोशन राना मगरले गरेको गोल नै जितको लागि निर्णायक गोल बन्यो । हिमालयन शेर्पाले केही अवसर पाएपनि गोल गर्न भने चुकेको थियो ।

उपाधि उचालेसँगै मनाङले नगद १५ लाख रुपैयाँ प्राप्त गरेका छन् भने उपविजेता बन्दै हिमालयन शृर्पाले नगद १० लाख प्राप्त गरेका छन् । खेलको म्यान अफ द म्याच गोलकर्ता रोशन राना मगर नै घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।
प्रतियोगिताभरि उत्कृष्ट खेलाडी मनाङका गोल रक्षक दीप कार्की घोषित भए । उनले बुलेट बाईक पाएका छन् । बाईक हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको थियो ।







