नेपाल राहत शिक्षक थाहा नगर समितिको अध्यक्षमा छमकला बस्नेत
फाल्गुन, हेटौडा (थाहा नगर) – थाहा नगरपालिकाको नेपाल राहत शिक्षक समितिको दोश्रो अधिवेशनले छमकला बस्नेतको अध्यक्षतामा १३ सदस्यीय राहत शिक्षक समिति चयन गरेको छ ।
थाहा नगरको सेती गणेश आधारभुत विद्यालयमा भएको अधिवेशनले बस्नेतको अध्यक्षतामा नयाँ समिती चयन गरेको हो । समितिको उपाध्यक्षमा इन्द्रनाथ सापकोटा, सचिब चन्द्रप्रसाद बराल, सहसचिव ललिता गुरुङ, कोषाध्यक्ष मेरिना केसी, लगायत सदस्यहरुमा जोगबहादुर घलान, सुनकेशरी गोपाली, मनमाया गुरुङ, कोपिला भेटवाल, राजेन्द्र बिष्ट, रुपा न्यौपाने, दिपकराज वर्तौला र सुशीला भुजेल रहेका छन।
नेपाल राहत शिक्षक थाहा नगर समितीका अध्यक्ष केशव सुवेदीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा शिक्षक महासंघका केन्द्रिय सदस्य सानोभाइ कार्कीको प्रमुख आतिथ्यता तथा नेपाल राहत शिक्षक समिति मकवानपुर जिल्ला अध्यक्ष हरी पौडेलको विशिष्ट आतिथ्यतामा सम्पन्न अधिवेशनमा शिक्षक महासंघ थाहा नगरका अध्यक्ष राजाराम कार्की लगायत विभिन्न शिक्षक संघसंगठनका प्रतिनिधि तथा राहत शिक्षक हरुको उपस्थिति रहेको थियो। अधिवेशनमा वक्ताहरुले राहत शिक्षकहरुको समस्याका विषयमा सरकार गम्भीर बन्नु पर्ने बताएका थिए ।







