हेटौडाको प्रगति माविमा चोरी

तामसालिङ खबर
१५ फाल्गुन २०७९, सोमबार ११:१८

फाल्गुन, हेटौडा – हेटौडा ९ स्थित प्रगति माध्यमिक विद्यालयमा चोरी भएको छ । गएराति विद्यालयको लेखा शाखा, कार्यालय, स्टाफ रुममा चोरी भएको हो ।

रातको १ बजेको समयमा विद्यालयमा प्रवेश गरि ढोकाको ताला फुटाएको सीसी टिभी फुटेजमा देखिएको छ । विद्यालयमा रहेको ६ ओटा दराज फोरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुलीले बताउनुभयो । दराज तथा ढोका फुटाएर सबै सामान छरपस्ट पारिएको छ ।

चोरले केही नगद तथा एउटा मोबाइल चोरेर लगेको प्रधानाध्यापक निरन्जनप्रसाद ढकालले जानकारी दिनुभयो । विद्यालयको अत्यावश्यक कामका लागि राखिएको नगद ५ हजार रुपियाँ भने चोरी भएको प्रधानाध्यापक ढकालले बताउनुभयो ।

शिक्षकले प्रयोग गर्ने सबै लकर फुटाइएको छ । चोरीका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*