खाद्य अधिकार सम्बन्धि हेटौडामा कार्यशाला

तामसालिङ खबर
१५ फाल्गुन २०७९, सोमबार १७:०४

फाल्गुन, हेटौंडा – खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धि बिद्यामान कानुनी प्राबधान बारे हेटौंडामा एक दिने कार्यशाला गोष्ठी भएको छ।

जिल्ला खाद्य अधिकार सन्जाल मकवानपुर र फियान नेपालको आयोजनामा खाद्य अधिकार, खाद्य सम्प्रभुताको अबधारणा बिषयमा स्पष्टता र एकरुपता ल्याउने उध्येश्यले खाद्यको बिद्यामान कानुनी प्राबधान र खाद्य अधिकार हननको सवाल पहिचान तथा दस्तावेजीकरण सम्बन्धि पुनर्ताजगी कार्याशाला गोष्ठी भएको हो ।

गोष्ठीको सहजकर्ता तिलक अधिकारीले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धि विद्यमान कानुनी प्रावधान केन्द्र तथा बागमती प्रदेश र दस्तावेजीकरणबारे स्पष्ट  पार्नुभयो । यस्तै, खाद्यअधिकारकर्मी राजेन्द्र बस्नेतले खाद्य अधिकार सवाल पहिचानबारे सहजीकरण गर्नुभयो ।

सहभागीहरुले खाद्य अधिकार जिल्ला सञ्जालको कार्ययोजना तर्जुमा सम्बन्धी समुहगत कार्य समेत गरेको छ । खाद्य अधिकारको गतिबिधि बारे खाद्य अधिकार सन्जाल मकवानपुरको अध्यक्ष बोलबहादुर कार्कीले सहजीकरण गर्नु भएको थियो। त्यस्तै, डाक्टर सम्राट तुम्बाहाम्फेले कार्यक्रमको उद्येश्य बारे प्रकाश पार्नु भएको थियो।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख ललित घलान, फियान नेपाल केन्द्रिय अध्यक्ष गोकर्ण पराजुली, गैसस महासघ बागमती प्रदेशका आरण पाठक, अखिल नेपाल किसान महासघ क्रान्तिकारीको झलक सुबेदी, नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेश अध्यक्ष भोला पोख्रेल लगायत विभिन्न संघ सस्थाको प्रतिनिधिहरु सहभागी रहनु भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*