हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारसँग मन्त्री श्रेष्ठको भेट र स्थलगत निरीक्षण

तामसालिङ खबर
१५ फाल्गुन २०७९, सोमबार २०:०३

फाल्गुन, सिन्धुली – बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंंगा नारायण श्रेष्ठले जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई भेट्नु भएको छ ।

गत शनिवार सिन्धुलीको कमलामाई नगरपालिका १३ स्थित माथिल्लो रानिबासमा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका ४० बर्षीय दण्डपाणि पौडेलको परिवार सँग भेटघाट तथा क्षती पुर्‍याएको ११ भन्दा बढि घरको मन्त्रि श्रेष्ठले स्थलगत निरिक्षण गर्नुभएको हो ।

स्थानीयहरु सँग अन्तरक्रिया गर्नुहूदै श्रेष्ठले सुरक्षाका लागि स्थानीय जनसमुदाय सँग मिलेर प्रहरी र बन रक्षकको गस्ती बढाउन निर्देशन दिनुभएको छ । हाल सुरक्षा गरिहेका जिल्ला प्रहरी,सशत्र प्रहरी र नेपाली सेनाको टोलीलाई दोब्बर बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।

यसै, सन्दर्भमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, डिभिजन बन अधिकृतलाई जनतालाई हात्तीले गर्न सक्ने आक्रमणबाट सुरक्षित गर्न उच्छ सुरक्षा ब्य्बस्था प्रबध गर्न निर्देशन दिनुभएको छ । मन्त्री श्रेष्ठले स्थानियलाई हात्तीबाट हुन सक्ने क्षतिलाई मध्य नजर गर्दै सुरक्षित रहन बिज्ञहरुको सल्लाह अनुसार सुझाव दिनुभएको छ ।

उहाँले मृतकका परिवारलाई २ दिन भित्र राष्ट्रिय निकुञ्जबाट १० लाख क्षतिपूर्ति उपलब्ध गराउनुका साथै बागमती प्रदेश सरकारको तर्फबाट पनि आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ ।

मृतकको श्रीमती ममिता पौडेललाई रोजगारी तथा मृतकको सन्तानहरू एक छोरा र एक छोरीलाई परिवारको सहमतिमा विद्यालय शिक्षा प्रदान गर्ने मन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

त्यस्तै, जंगली हात्तीको आक्रमण बाट घरहरुमा क्षति पुर्‍याएको र अन्नबाली नष्ट गरेको स्थानियलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने मन्त्रि श्रेष्ठले बताउनु भयो । १० बर्ष देखि निरन्तर जंगली हात्तीको आतंकबाट आजित भएका स्थानियमा अब भने समस्या समाधान हुने आशा पलाएको छ ।

हात्तीले कमलामाई १३ का देबी देबकोटा, जय प्रसाद देबकोटा, चमार माझी, शिव कार्की, खिकराज देबकोटा, शर्मिला थापा, होममाया बोहरा, चन्द्रमाया बोहरा, तिलमाया थापा, प्रेम बहादुर भण्डारीको घरमा क्षती पुर्‍याएको छ भने तोप बहादुर बोगटीको धान र बन्दा नष्ट गरेको वडा अध्यक्ष केशर बहादुर कार्कीले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*