मनहरीको मनकामना सामुदायिक वनमा सुरेश मुक्तान
फाल्गुन, हेटौडा (मनहरी) – मनहरीको मनकामना सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा सुरेश मुक्तान सर्बसम्मत चयन भएको छ । मनहरी गाउँपालिका ७ नम्बर वडामा अबस्थित समुहको मंगलबार १७ औं साधारण सभाबाट मुक्तान सर्वसम्मत रुपमा अध्यक्ष चयन भएको हो ।
त्यस्तै, समूहको उपाध्यक्षमा बालकृष्ण मोक्तान, सचिवमा गिता शाही, कोषाध्यक्षमा मनिषा स्याङ्तान र सह-सचिवमा शंकर श्रेष्ठ चयन भएको छ । सदस्यहरुमा लक्ष्मी प्रजा, चित्रकुमारी थिङ, निर्मला गोले, दिलमाया प्रजा, गगन कर्माचार्य लगायत रहेका छन् ।
समुहको निवर्तमान अध्यक्ष चन्द्रबहादुर पौडेलको अध्यक्षतामा भएको साधारण सभामा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो भने पालिका उपाध्यक्ष सिता पुलामी मगर, सव डिभिजन वन कार्यालय मनहरीका प्रमुखको विशेष आतिथ्यता रहेको थियो ।







