इन्द्रसरोबरको कालिका माबिमा धार्मिक महोत्सब हुने
फाल्गुन, हेटौडा (इन्द्रसरोबर) – उत्तरी मकवानपुरको इन्द्रसरोबरमा सप्ताहव्यापी धार्मिक महोत्सव बृहत प्रज्ञा पारामिता सुत्रवाचन तथा शान्ति महायज्ञ हुने भएको छ ।
इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ४ फाखेल स्थित कालिका माध्यमिक बिद्यालयको प्रांगणमा यहि चैत्र २३ गते देखि सप्ताहव्यापी धार्मिक महोत्सव बृहत प्रज्ञा पारामिता सुत्रवाचन तथा शान्ति महायज्ञ हुने भएको हो ।
बिद्यालयको भौतिक विकासको लागि बिद्यालयको नाममा जग्गा प्राप्ति, छात्राबास निर्माण, बाली बिज्ञान, निमाबि, माबि दरबन्दी माग, बि.एस. सी.एजी. सञ्चालन, कम्प्युटर इन्जिनियरिङ सञ्चालन, बिद्यालयको लागि बस सेवा सञ्चालन सहितको उदेश्यले धार्मिक महोत्सव गर्न लागिएको पालिका उपाध्यक्ष उमाकुमारी लामाले बताउनुभयो।
कालिका माबिमा हुन लागेको सप्ताहव्यापी धार्मिक महोत्सव पालिकाको गौरबको कुरा हो, यसलाई सफल बनाउन पालिका भित्रको सबै वडा लगायत संघसंस्थाले सहयोग गर्नु पर्ने उपाध्यक्ष लामाको भनाई छ । धार्मिक महोत्सब मुल समारोह समितिको संयोजक धिराज बलको नेतृत्वमा ३ सय ५१ जनाको आयोजक समिति गठन समेत गरेको छ।







