मनहरीमा विविध कार्यक्रम सहित अन्तराष्ट्रिय नारी दिवस मनाउने तयारी
फाल्गुन, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउँपालिकामा अन्तराष्ट्रिय नारी दिवस विविध कार्यक्रम सहित भब्य मनाउने भएको छ।
मनहरी गाउँपालिकाले यहि फाल्गुन २३ गते पालिकाको सभाहल लामिटारमा विविध कार्यक्रम सहित भव्य मनाउने तयारी गरिएको छ । मार्च ८ फाल्गुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवस परेपनि पालिकाले एकदिन अगाडी २३ गते मनाउने कार्यक्रम तय भएको हो ।
दिवसको अवसरमा घैटो फुटाई, म्युजिकल चेयर, मनहरी गाउँपालिकासंग सम्बन्धित हाजिरी जवाफ प्रतियोगिता हुने आयोजकले जनाएको छ । त्यस्तै, कार्यक्रममा महिला जनप्रतिनिधि, राजनैतिक दलका महिला प्रतिनिधि, महिला प्रदायक संघसस्थाहरुको प्रतिनिधी र महिला कर्मचारी लगायतको सहभागिता रहनेछ ।
महिलाको क्षेत्रमा महिलाहरुलाई सक्षम बनाउनको लागि गाउँपालिका र विभिन्न दातृ निकायहरुको सहकार्यमा सिपमुलक तालिम, व्याबहारिक शिक्षा, सचेतना अभिबृद्धि, छात्राहरुलाई छात्रबृत्ति लगायत लघु उद्धमी बन्न सहयोग लगायतको कार्यक्रमहरु सन्चालन भईरहेको पालिका उपाध्यक्ष सीता पुलामी मगरले बताउनु भयो। महिलाहरुको उत्सबको दिन भएकोले कार्यक्रममा सहभागीताको लागि आग्रह समेत गर्नुभयो ।
नारी मुक्ति आन्दोलनका अभियन्ताहरूको पहलमा सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्न तथा महिला हकअधिकार स्थापित गर्न संघर्ष सुरु गरेको दिनका रूपमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको छ ।






