कसैको इच्छा विपरित होली नखेल्न मकवानपुर प्रशासनको अनुरोध
फाल्गुन, हेटौंडा – जिल्ला प्रशासन कार्यालय मकवानपुरले कसैको इच्छा विपरित होली नखेल्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार एक सूचना जारी गरी नेपालीहरुको साझा पर्वलाई सभ्य, शिष्ट र मर्यादित रुपमा मनाउन आग्रह पनि गरेको छ । यस वर्षको फागू पूर्णिमा फागुन २२ र २३ गते मनाइँदैछ ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा जारी विज्ञप्तीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थलहरुमा होहल्ला गर्ने र कुनैपनि व्यक्तिको निजी जीवनमा नकारात्मक असर पर्ने खालका गतिविधि नगर्न सूचनामा भनिएको छ । कानून विपरितका गतिविधि गरे प्रचलित कानून बमोजिम कडा कारवाही गर्ने प्रशासनले जनाइएको छ।







