घट्यो, डिजेल र पेट्रोलको मुल्य
चैत्र, काठमाण्डौ – नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। सोमबार नेपाल आयल निगमले जारी गरेको विज्ञप्ति अनुसार पेट्रोलको मूल्य लिटरमा ३ रूपैयाँ घटेको हो ।
यसअघि प्रतिलिटर १७८ रूपैयाँ रहेको पेट्रोलको मूल्य १७५ रूपैयाँ पुगेको छ । यस्तै डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा १०–१० रूपैयाँ घटेको छ।
यसअघि डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर १७५ रूपैयाँ थियो । अब भने १६५ रूपैयाँ प्रतिलिटर हुने निगमले जनाएको छ। सोमबार राति १२ बजेदेखि नयाँ मूल्य लागू हुने निगमले जनाएको छ ।






