मनहरीमा लोकसेवा आयोग तयारी कक्षा उद्घाटन

तामसालिङ खबर
१८ चैत्र २०७९, शनिबार ०७:५२

चैत्र, हेटौडा (मनहरी) – मनहरी गाउँपालिकाको प्राविधिक सहयोग र पेन्टागन एकेडेमी, हेटौंडाको आयोजनामा मनहरीमा लोकसेवा तयारी कक्षाको उद्घाटन भएको छ ।

सामाजिक विकास शाखाका संयोजक अनन्त प्रकाश अर्यालको सभाध्यक्षता तथा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रमको विशेष अतिथि मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर र अतिथिहरुमा वडा नं ९ वडा अध्यक्ष राजकुमार श्रेष्ठ, सामाजिक विकास शाखा, मनहरी गाउँपालिका प्रमुख, शैलेश बास्कोटा , उच्च अदालत हेटौँडाका शाखा अधिकृत शिव खतिवडाजिल्ला अदालतका नवराज लम्साल र जयराम रिजालको उपस्थििति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा पालिका अध्यक्ष कालाखेतीले रोजगारीको अवसर नेपालमै सिर्जना गर्नुपर्छ, विदेश जाने होईन,नेपालमा बसेर लोकसेवा तयारी गर्नुहोस् भन्नुभयो ।

पेन्टागन एकेडेमीका संचालक गोविन्द चौलागाईले संचालान गर्नुृभएकोे कार्यक्रमामा करिब ५० जना सहभागीहरुको उपस्थिति रहेको थियो । चौलागाईले निगरानीसंग कुरा गर्दै हाल खरिदार र नायब सुब्बाका कक्षाहरु मनहरीको हिमगंगा आधारभूत विद्यालयमा संचालन गरिने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*