बागमती प्रदेश सुशासन केन्द्रमा न्यौपाने
बैशाख, हेटौडा – प्रदेश सुशासन केन्द्रमा कार्यकारी निर्देशकमा भरतपुरका गोपालकृष्ण न्यौपाने नियुक्त हुनुभएको छ । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकको निर्णयले उहाँलाई नियुक्त गरेको हो ।
यो संगै बैठकले तीन वटा निर्णय गरेको वाग्मती प्रदेश सरकारका प्रबक्ता एबम् आन्तरिक मामिला तथा योजना मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । यसको साथै बैठकले वाग्मती प्रदेश सभाको हिँउदे अधिबेशनको अन्त्य गरेको छ ।
त्यसैगरी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी बिधेयकको मस्यौदा तयारिका लागि सैद्धान्तिक स्वीकृति दिएको छ । त्यस्तै युवा बैज्ञानिक कोष सन्चालन बिधेयकको मस्यौदा तयारीको सैद्धान्तिक स्वीकृति दिएको लगायतका निर्णय गरेको प्रबक्ता श्रेष्ठले जनाउनुभयो ।






