सरकार र महावीर पुनबीच सात बुँदे सम्झौता

तामसालिङ खबर
२४ बैशाख २०८०, आईतवार २२:५३

बैशाख, काठमाडौ – सरकार र राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुनबीच सोमबार सात बुँदे सम्झौता भएको छ।

अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारका लागि विकास बजेटको एक प्रतिशत रकम छुट्याउन सरकार तयार भएपछि पुन आन्दोलन स्थगित गर्न सहमत भएका हुन्।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि नीतिगत व्यवस्था गर्नुपर्ने र बजेट बढाउनुपर्ने माग गर्दै महावीर पुन शुक्रबारदेखि माइतीघर मण्डलामा धर्नामा बसेका थिए। आफ्नो आन्दोलनलाई जनआन्दोलनको संज्ञा दिएका उनको माग सम्बोधन गर्न सरकार सोमबार तयार भएको हो। कानुन मन्त्रालयसमेत सम्हालेका रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।

सहमतिअनुसार अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्ने, कोषको व्यवस्थापन तथा सञ्चालनका लागि सरकारले ६० दिनभित्र विधेयकको मस्यौदा तयार पार्ने, संसदको आउँदो अधिवेशनबाट विधेयक पास गर्ने, आगामी आर्थिक वर्षको पुँजीगत (विकास) बजेटको एक प्रतिशत रकम कोषमा जम्मा गर्ने सहमति भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*