बेलायती राजा सँग परराष्ट्रमन्त्री साउदको भेट

तामसालिङ खबर
२४ बैशाख २०८०, आईतवार १६:०४

बैशाख, काठमाडौं – परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलाको राज्यभिषेकमा सहभागी भएका छन्।

बेस्टमिन्सटरमा भएको रिसेप्सनमा सहभागी भएका मन्त्री साउदले शनिबार साँझ बकिंघम दरबारमा भएको राज्यभिषेकमा पनि सहभागि भएका थिए। समारोहमा मन्त्री साउदले राजा चार्ल्स तृतीय र राजपरिवारका अन्य सदस्यसँग भेट गरेका छन्।

त्यस्तै, उनले बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग पनि छोटो भेटवार्ता गरेको लण्डनस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*