नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभ्ने

तामसालिङ खबर
५ जेष्ठ २०८०, शुक्रबार २०:१६

जेठ, काठमाडौं – सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभ्ने भएको छ । शुक्रबार सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा समावेश गरिएको हो।

‘सार्वजनिक सेवा प्रशारकको स्थापना गरी यसको २ आर्थिक वर्षभित्र रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक आपसमा गाभेर एकीकृत प्रशारण सेवाको आरम्भ गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।

त्यसैगरी प्रेस काउन्सिललाई मिडिया काउन्सिलमा रूपान्तरण गर्ने, समानुपातिक विज्ञापन प्रणाली लागू गर्ने सरकारको नीति तथा कार्यक्रम छ।

अनलाइन सेवालाई सबै वडाहरूमा उपलब्ध गराउने राष्ट्रपति रामचन्द्र पौडेलले बताए । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रवर्द्धन तथा मर्यादित पत्रकारिताका लागि नीतिगत, कानुनी र संरचनागत सुधारमा ध्यान दिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*