यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

तामसालिङ खबर
५ जेष्ठ २०८०, शुक्रबार २१:२४

जेठ, काठमाडौं – सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरेका हुन्। ​नीति तथा कार्यक्रममा सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्‍त उपलब्धिहरू उत्साहजनक रहेको दाबी गरिएको छ।

आर्थिक परिसूचक सकारात्मक हुँदै गएका,अर्थतन्‍त्र स्वाभाविक लयमा फर्किन थालेसँगै राजस्व, वैदेशिक सहायता र वैदेशिक लगानीमा सकारात्मक प्रभाव देखापरेको उल्लेख गरिएको छ।

‘विप्रेषण आप्रवाह बढेको छ। विदेशी मुद्रा सञ्‍चिति बढेको छ। बैङ्‍क ब्याजदरमा तुलनात्मक सुधार भएको छ। विदेशमा रहेका लाखौँ नेपाली सामाजिक सुरक्षा कोषमा आबद्ध हुने प्रक्रिया सुरु भएको छ।’ नीति तथा कार्यक्रममा उल्लेख छ।

(हेर्नुहोस् पूर्णपाठ)

[pdf-embedder url=”https://www.tamsalingkhabar.com/wp-content/uploads/2023/05/नीति-तथा-कार्यक्रम-२०८०-फाइनल.pdf”]

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*