स्थानीय स्तरमा योजना तर्जुमा र सुशासन प्रबर्द्धन सम्बन्धी अभिमुखिकरण

तामसालिङ खबर
१२ जेष्ठ २०८०, शुक्रबार १९:०३

जेठ, हेटौडा – नयाँ आर्थिक बर्षको लक्षित हेटौडामा योजना तर्जुमा र सुशासन प्रबर्द्धन तथा क्षमता अभिबृद्धि सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा शुक्रबार १० वटा स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागितामा योजना तर्जुमा र सुशासन प्रबर्द्धन तथा क्षमता अभिबृद्धि सम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको हो ।

स्थानीय तहको योजना कार्यान्वनको क्रममा संघीय सरकार र प्रदेश सरकारबाट भोग्नु परेको समस्या तथा अपेक्षाका बारेमा छलफल गर्नुका साथै योजना तर्जुमाक्रममा बर्तमान समस्या र भाबी योजनाको बारेमा सहभागीहरुले आ-आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

प्रदेश एवम् संघीय सरकारले योजना कार्यान्वयनका क्रममा स्थानीय तहसँग समन्वय नभएका कारण समस्या भएको स्थानीय तहका जनप्रतिनिधिहरुले बताउनुभयो ।

कार्यक्रममा स्थानीय योजना तर्जुमा तथा अन्तर सरकार योजना समन्वय र अनुकुलनका पाटाका विषयमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा. डा. नरविक्रम थापा र स्थानीय तहको सुशासन प्रबर्द्धन एवम् सेवा प्रवाह तथा गृह प्रशासनको भुमिकाका विषयमा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले सहजिकरण गर्नुभएको    थियो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा प्रदेश नीति तथा योजनाका उपाध्यक्ष प्रा डा रबिक्रम थापा, जिल्ला समन्वय समितिका उपप्रमुख सानुकाजी लुईटेल, हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामा, थाहा नगरपालिकाका मेयर बिष्णु बहादुर बिष्ट लगायत जिल्लाका १० वटै स्थानीय तहका प्रमुख/उपप्रमुख, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डे, स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत, योजनाशाखा अधिकृत लगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*