बागमती गाउँपालिकामा मेलमिलापकर्तालाई तालिम

तामसालिङ खबर
१७ जेष्ठ २०८०, बुधबार ०७:२३

जेठ, हेटौडा (बागमती) – मकवानपुरको बागमती गाउँपालिकाले गाउँघरकाे बिवाद समाधानको लागि मेलमिलापकर्ताहरूलाई तालिम दिएको छ ।

मेलमिलाप सम्बन्धि आठ दिवसीय आधारभुत तालिम मंगलबार सम्पन्न भएको हाे। ४८ घण्टे तालिममा ३० जना सहभागी थिए। तालिम समापनमा बाेल्दै गाउँपालिका अध्यक्ष सर्केस घलानले याे तालिमपछि गाउँघरमै न्यायनिरूपण गर्न सहज हुने विश्वास ब्यक्त गरे । तालिमकाे सहजिकरण कानुन अन्वेषण तथा श्रोत विकास केन्द्र सेलर्ड काठमाडौले गरेको थियोे ।

तालिम समापनमा सहभागीहरूकाे तर्फबाट हेमचन्द्र थापा र पार्वती माझीले सिकाई उपलब्धि बारे बाेलेका गिए । गाउँपालिकाका उपाध्यक्ष फणीन्द्र तिमल्सिनाकाे सभाध्यक्षतामा भएकाे समापन कार्यक्रममा ३ नम्बर वडा अध्यक्ष कमानसिं पाख्रिन पृथक, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान, पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारू मगरकाे आतिथ्यता रहेको थियाे ।

याे तालिमपछि गाउँपालिकाले मेलमिलापकर्ताहरू सुचिकृत गर्ने र वडाहरूमा मेलमिलाप केन्द्रहरू स्थापना गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घलानले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*