भीमफेदी कारागारका ११ जना कैदीको कैद मिनाहा

तामसालिङ खबर
१५ जेष्ठ २०८०, सोमबार ०९:२७

जेठ, हेटौडा (भीमफेदी) – गणतन्त्र दिवसको अवसरमा मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीहरुको कैद मिनाहा गरिएको छ । भीमफेदी कारागारमा रहेका ११ जना कैदीबन्दीहरुको कैद मिनाहा गरिएको हो ।

आम माफीमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७, कमाने निवासी ३२ वर्षीय जगनाथ ढकाल रहेका छन् । ढकाललाई ६ बर्षको जेल संजाय तोकिएको थियो । उनले २ बर्ष जेल जीवन कटाएर आम माफी पाएका हुन ।

यस्तै, माफी मिनाह अन्तरगत सुकराम खड्गी, किरण प्रजापति, धनराज गिरी, नाङ्गेल रुम्वा राना, सुनिल कुमार मण्डल, सुनिल क्षेत्री, सन्तलाल घलान, बलिराम पासी, बुद्ध बहादुर घिसिग, कपल मण्डल र सविन ब्लोन रहेको कारागार प्रशासक तीर्थ पौडेलले जानकारी दिनुभयो ।

कारागारले चालचलन सिफारीस गरेको आधारमा बिभिन्न मुद्दाहरुमा जेल भोगीरहेका उनीहरुलाई राष्ट्रपतिद्वारा माफी मिनाह गरिएको उहाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*