१६ बुँदे घोषणापत्र जारी गर्दै, दलित महिला संघको बागमती प्रदेश स्तरिय सम्मेलन सकियो (घोषणापत्र सहित)
जेठ, हेटौंडा – न्याय, समानता र सम्मानको लागि दलित महिलाहरुको बागमती प्रदेश स्तरीय दुई दिने सम्मेलनबाट १६ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ । बुधबारबाट सुरु भएको सम्मेलन आज घोषणापत्र जारी गर्दै सकिएको हो ।
दलित महिला संघका केन्द्रीय अध्यक्ष कला स्वर्णकारको सभाध्यक्षतामा भएको घोषणापत्र जारी कार्यक्रममा संघकी संस्थापक अध्यक्ष दुर्गा सोबको प्रमुख आतिथ्यता रहेको थियो । पत्रकार सम्मेलन गर्दै केन्द्रीय सदस्य समेत रहेकी मकवानपुरका अध्यक्ष पवित्रा विश्वकर्माले १६ बुँदे घोषणापत्र पढेर सार्वजानिक गरेकी थिइन् ।
प्रदेशका १३ जिल्लाका स्थानीय तहमा रहेका दलित महिला सदस्य जनप्रतिनिधिहरुको सहभागितामा भएको दुई दिने सम्मेलनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सम्बोधन गरेका थिए । जारी गरिएको घोषणापत्रलाई विहीबारनै मुख्यमन्त्रीलाई हस्तान्तरण गर्ने जनाइएको छ ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुना परियार, पूर्व प्रतिनिधि सभा सदस्य पार्वती बिसुन्खे, नेकपा एसका प्रदेश कमिटी अध्यक्ष बन्दना सुवेदीलगायतको आतिथ्यता रहेको थियो ।










