सिविनद्वारा ३४ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण
असार, हेटौडा (मनहरी) – सिविन नेपालद्धारा ३४ जना बिपन्न, असहाय गरिबी र जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
मनहरी गाउँपालिका वडा नम्बर ८ मा रहेको महेन्द्र किरण माध्यमिक बिद्यालयमा ३२ जना र प्राथामिक विद्यालय देउकोटमा २ गरि ३४ जना बिद्यार्थीलाई शैक्षिक सहयोग गरेको हो ।
मनहरी गाउँपालिकामा सञ्चालित बालश्रम न्युकिरण परियोजनाको नियमित कार्यक्रम अन्तर्गतमा शैक्षिक सहयोग वितरण गरिएको कार्यक्रम सहजकर्ता राजेन्द्रकुमार मुक्तानले जानकारी दिनुभयो । वडाको बालबालिका आर्थिक अभावले गर्दा विद्यालय छोड्ने र विद्यालय छोडेपछि बालबालिकाको गन्तव्य बालश्रममा हुने भएको बालबालिकालाई श्रमबाट जोगाई विद्यालयलाई निरन्तरताको लागि शैक्षिक सामग्री वितरण गरिएको उहाँले बताउनु भयो।
बिधार्थीलाई शैक्षिक सामग्रीको कमीले गर्दा विद्यालय छोड्ने समस्यालाई शैक्षिक सहयोगले पहिला भन्दाकम भएको महेन्द्र किरण माबिको प्रध्यानध्यापक शिव रिमालले बताउनुभयो । ८ नम्बर वडा सदस्य रामचन्द्र सुबेदिले बालबालिकाहरुलाई यस्ता किसिमका सहयोगले विद्यालय जना उत्प्रेरणा दिएको बताउनुभयो । बालबालिकाहरुलाई सहयोग मात्र नभई घर र विद्यालयमा निगरानी गर्नु पर्नेमा जोड दिनुभयो ।
सिविनको परियोजनाले आर्थिक रुपमा बिपन्न ,जेहेन्दार असाहय बालबालिकालाई बिद्यालय पठाउनको लागी निरन्तर आर्थिक तथा शैक्षिक सामाग्री सहयोग गर्दै आईरहेको छ।






