नमुना सहकारीको स्थापना दिवसको अवसरमा मामाघरलाई आर्थिक सहयोग

तामसालिङ खबर
२५ श्रावण २०८०, बिहीबार १७:४६

साउन, ,हेटौडा – नमूना प्रगति सहकारी संस्था लि.को २६ औं स्थापना दिवसको अवसरमा मामाघर नेपाललाई ११ हजार १ सय ११ रुपैंया सहयोग हस्तान्तरण गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी मामाघर नेपालका कोषाध्यक्ष नबिन सिलवाललाई ११ हजार १ सय ११ रुपैंया बराबरको चेक हस्तान्तरण गरिएको हो।

सहकारी संस्थाका अध्यक्ष मिठाराम दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमति प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष तथा संस्थाका सल्लाहकार नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा रहेको थियो।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ, मकवानपुर जिल्ला सहकारी संघका ब्यबस्थापक गोबिन्द दाहाल, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका प्रमुख रामेश्वर अर्याल, शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिताराम दाहाल लगायत संस्थाका संचालक समिति, लेखा समिति, शेयर सदस्य, कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सहकारी संस्थाले हेटौंडा २ मा मुख्य कार्यालय र हेटौंडा १७ मा सदस्य सम्पर्क कार्यालय मार्फत सदस्यहरुलाई सेवा दिइरहेको ब्यवस्थापक बद्री प्रसाद भण्डारीले जानकारी दिनुभयो। ब्यवस्थापक भण्डारी अनुसार संस्थामा हाल २ हजार ६ सय २ जना सदस्यहरुसंग कारोबार गरिरहेको बताउनुभयो । संस्थाले हरेक बर्ष साउन २४ गते बिबिध कार्यक्रम गरी स्थापना दिवस मनाउँदै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*