कराँते महासंघ मकवानपुरमा लामाको नेतृत्व
भदौ, हेटौडा – नेपाल सिताेरियाे कराँते महासंघ जिल्ला कार्यसमिति मकवानपुरकाे अध्यक्षमा दिपक बहादुर लामा चयन भएका छन् । लामाकाे नेतृत्वमा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएकाे हाे ।
समितिकाे उपाध्यक्षमा रामलाल थाेकर लामा, राेशन बलामी, रूपक लामा र दामाेदर दाहाल चयन भएका छन् । सचिबमा दिर्गबहादुर लामा, काेषाध्यक्ष सुमन रायमाझी चयन भए ।
कराँते महासंघ जिल्ला कार्य समितीका उपाध्यक्ष भुवन खनालकाे सभाध्यक्षतामा भएकाे भेलाले नयाँ कार्यसमिति चयन गरिएकाे हाे। नेपाल सिताेरियाे कराँते महासंघका बागमती प्रदेश अध्यक्ष गगन लामाकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भेष खड्गीकाे आतिथ्यता रहेकाे थियाे भेलाले नेपाल सिताेरियाे कराँते महासंघ बागमति प्रदेशका लागि प्रतिनिधी समेत चयन गरेकाे छ। जसमा राेशन बलामी, दिपक लामा, दुर्गाबहादुर लामा, बिष्णु श्रेष्ठ, प्रमिला तामाङ ठकुरी प्रदेश प्रतिनिधि चयन भएका छन् ।






